Home Uncategorized गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकजनाको मृत्यु

गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकजनाको मृत्यु

मकवानपुर- पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ ।

बागमती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती–१ करौँजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती पालिकाको केन्द्र झुरझुरेबाट डिजेल लिएर करौँजेतर्फ जाँदै गरेको पाँचपाण्डव पुल नजिकै चट्याङ लाग्दा बा ६० प ९४९१ नं को मोटरसाइकलको पछाडि बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय फाँपरबारीका प्रहरी निरीक्षक कमल लङ्देलीले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् ।-

https://ujyaalonepalnews.com/archives/22579

Previous articleचट्याङ पर्दा चितवनमा धान रोप्दै गरेका १४ महिला घाईते
Next articleजलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउने ६० महिला सेफुक्सुण्डोको पदयात्रामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।