असार २६ गते सार्वजनिक बिदा

काठमाडौं- सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद अर्थात इद उल अजहाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/22582

Previous articleआगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने
Next articleपौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।