सामाजिक सुरक्षा कोषलाई पारदर्शी र बहुआयामिक बनाउनुपर्छ : मन्त्री कुँवर

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषलाई पारदर्शी र बहुआयामिक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

आज काठमाडौँमा आयोजित सामाजिक संरक्षणको दिगोपनाका लागि  सामाजिक सुरक्षा कोषको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषमा सबै श्रमिक र रोजगारदातालाई आबद्ध गराउन कोषलाई पारदर्शी र बहुआयामिक बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री कुँवरले कोषमार्फत योगदान कर्तालाई घरजग्गा कर्जा, स्वास्थ्य उपचार, जीवन बीमालगायत अन्य सेवा सुविधा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो 

मन्त्री कुँवरले वैदेशिक राजेगारीमा गएका नेपाली नागरिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया अगाडी बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालले सामाजिक सुरक्षा कोषका बारेमा अधिकांश श्रमिक र रोजगार दातालाई  जानकारी नै नभएको भन्नुहुँदै कोषका बारेमा सरोकारवालासँग व्यापक छलफल र अन्तरक्रिया गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/22598

Previous articleवेवारिसे भरुवा बन्दुक प्रहरी नियन्त्रणमा
Next articleसहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ : मन्त्री श्रेष्ठ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।