७८ जनामा कोरोना सङ्क्रमण

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण ७८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ५१५ परीक्षणमध्ये आज ७८ जनामा सङ्क्रमण देखिएको हो । हिजो असार २२ गते ११३ जनामा सङ्क्रमण देखिएको थियो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ जना रहेका छन् । विगत २४ घण्टामा २३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ५९८ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । अहिलेसम्म होमआइसोलेसनमा ५०१, संस्थागत आइसोलेसनमा सात, भेन्टिलेटरमा एक र सघन उपचार कक्ष (आइसियु)मा सात जना उपचार भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/22610

Previous articleनेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार
Next articleमुस्लिम आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।