मुस्लिम आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश

काठमाडौं- प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवदेन (२०७७ साउन–२०७८ असार)’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खांणले उक्त प्रतिवेदन सदनमा पेश गर्नुभएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । पत्रमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री देउवालाई तोकिएको व्यहोरा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/22611

Previous article७८ जनामा कोरोना सङ्क्रमण
Next articleअदालतबाट २० लाख जरिवाना भएका गिरी पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।