झापाका तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

0
47

झापा- झापा जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् ।

मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबी संक्रमित फेला परेको बताइएको छ । यसप्रकारका बिरामी बिहीबार मात्र १०० जना स्वास्थ्यकर्मीहरुको सम्पर्कमा आएका थिए । दैनिक हात, खुट्टा, घाँटीमा स–साना फोका लिएर चिलायो र पोल्यो भन्दै आउने बिरामीहरुलाई ‘एन्टिभाइरल क्रिम’ दिएर पठाउने गरिएको स्वास्थयकर्मीहरुले बताएका छन् । काँकडभिट्टा स्वास्थ्यचौकीका प्रमुख लेखनाथ खतिवडाले शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो भएका धेरै बिरामी आइरहेको बताउनुभयो ।

उहाँका अनुसार हाल बालबच्चा र ज्येष्ठ नागरिकहरुमा सो समस्या बढी देखिएको छ । स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलले औषधि व्यवसायीले सो किराबाट पीडित बनेका बिरामी आउने गरेको जानकारी दिएको बताउनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/22656

Previous articleथप ९८ जनामा सङ्क्रमण पुष्टि
Next articleचालु आव सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड