ईटहरी / चर्चित हास्य टेलिश्रृंखला सक्किगोनीका कलाकार सागर लम्साल ‘बले’ अहिले निकै चर्चामा छन् । हालै उनले आफ्नी प्रेमिका सार्वजनिक गरेपछि उनको चर्चा निकै बढेको हो । टिकटकमा राम्रो फलॉर्स कमाएकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन् । म्युजिक भिडियोमा एक साथ देखिदै आएका यी दुवै केहि समय बाट प्रेममा रहेका छन् ।
प्रेम सम्बन्धको व्यापक चर्चा चलेपछि उनले प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँगको फोटो शेयर गर्दै आफ्नो अफिसियल फेसबुक आईडिमा एक स्टाटस लेखेका छन् । उनले ‘हामीले यस दुनियाँमा कहिल्यै एक्लो महसुस गर्नुपर्दैन, तर सम्बन्धलाई प्राथमिकतामा राख्ने भन्ने कुरा हाम्रै हातमा हुन्छ।’ भन्दै स्टाटस लेखेका हुन् ।
केहि समयदेखी वैवाहिक बन्धनमा बाँधिने बताउदै आएका बलेले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखि आफ्नो प्रेमीका सार्वजनिक गरेका हुन् । उनले प्रेमीका सार्वजनिक गरे लगत्तै उनको चर्चा निकै बढेको थियो । पछिल्लो समय नेपाली सेलिब्रेटी माझ आफ्नो प्रेमी प्रेमिका सार्बजनिक गर्ने संगै बिवाहको मिति तोक्ने होडबाजी नै चलिरहेको छ ।
The post प्रिज्मासंग प्रेमको चौतर्फी चर्चापछि सागर लम्साल ‘बले’ले लेखे यस्तो स्टाटस appeared first on Purbeli News.