चितवन, असार २७ । पूर्वी चितवनको रत्ननगरमा आज (सोमबार) विहान एक पुरुष मृत फेला परेका छन् ।
बिहान सवा ६ बजेको समयमा रत्ननगर नगरपालिका ३ को बेल्सीपुलमा रत्ननगर ३ बस्ने बिस्नु प्रसाद तिम्ल्सिना अन्दाजी ५० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
बेल्सीपुलको पिल्लरमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लास जाँच मुचुल्का गर्ने लगायतको अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/22763


