चितवन । पूर्वी चितवनको राप्तिमा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ ।
सोमबार दिउसो ४ बजेको समयमा राप्ति न.पा. वडा नं. १, चितवन राष्टिय निकुञ्ज भित्र घाँस काटने क्रममा बर्ष ५५ की सोतिमाया तामाङलाई जंगली बाघले आक्रमण गरी घटनास्थलमा मृत्यु भएको प्रहीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
यसअघि गत वैशाख १८ गते पनि चितवन खैरहनी-१३ बैरिया बस्ने नारायण दाहालको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेर मृत्यु भएको थियो ।
तस्विर: सांकेतिक
चितवनका अरु पनि ताजाताजा खबरहरु थाहा पाउनको लागी ‘चितवनको खबर’ ग्रुपमा ज्वाईंन हुनुहोला ! ग्रुपमा ज्वाईंन हुनको लागी यँहा क्लिक गर्नुहोला !
https://ujyaalonepalnews.com/archives/20913


