सुनकाे मूल्य घट्ने क्रम जारी

काठमाडौं / नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । केही महिनायता उतार चढावको अवस्थामा रहेको छापावाल सुनको मूल्य बुधबार ७५ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । यसअघि मंगलबार तोलामा ७६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन बुधबार रु ८०० घटेको हो ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । यता बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी बुधबार ८७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

The post सुनकाे मूल्य घट्ने क्रम जारी appeared first on Purbeli News.

प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरामा

Previous articleछाना र भित्ता नै नभएको अनौठो होटल !
Next articleईटहरीमा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।