आयकर बुझाउन विभागको ताकेता

काठमाडौँ । आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो । 

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आय वर्ष २०७८/७९ को आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्व करदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो । रासस

https://ujyaalonepalnews.com/archives/22837

Previous articleभानु जयन्तीमा भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा
Next articleनागरिक लगानी कोषले ५१ करोड बराबरको प्रतिफल उपलब्ध गराउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।