रियाद र दोहामा पनि नियमित उडान सुरु हुने, यस्तो छ अक्टोबरको उडान तालिका
काठमाडौं-नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर १ गतेदेखि २४ सम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ। प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहकार्यमा उडान तालिका सार्वजनिक गरेको हो। मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अक्टोबर १ बाट दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने जानकारी ट्वीटरमार्फत् गराएका छन्।
(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here
यसअघि पिसीआर परीक्षणका लागि सहज नभएको भन्दै यी गन्तव्यको नियमित उडान हुन सकेको थिएन। सचिव अधिकारीले यसबाहेक यसअघि सेप्टेम्बर महिनामा तय भएको उडान भने नियमित नै भइरहने जनाएका छन्। २४ दिनका लागि तय भएको उडानमा सातामा १ सय ९ वटा उडान हुने भएका छन्।



