नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पुनः बस्दै

काठमाडौं- नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा हिजो बसेको बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसार्इं, बहादुरसिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, महेन्द्रकुमार राय र सञ्जयकुमार गौतमले आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।

यसैगरी बैठकमा केन्द्रीय सदस्य आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुङ्गाना, राजीवविक्रम शाह, डा चन्द्रमोहन यादव, चम्पादेवी खड्का, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, जावेदा खातुन जागा, हरिशरण नेपाली, नगिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सेजुवाल, गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले आआफ्नो धारणा राख्नुभएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।-

https://ujyaalonepalnews.com/archives/22886

Previous articleसंसदीय विशेष छानविन समितिद्वारा अर्थ मन्त्रालयको अवलोकन
Next articleकालिकोटमा २१ कृषक पुरस्कृत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।