जनजागृति माविमा छात्राहरुलाई खेलकुद सम्बन्धी प्रशिक्षण

0
51

निराजन घिमिरे, चितवन, असार ३० । खेलका माध्यमबाट महिला सशक्तिकरण बढाउन जोड दिँदै रत्ननगरमा राष्ट्रपति खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा रत्ननगर वडा नं. १४ मा रहेको जनजागृति माध्यमिक विद्यालयमा तीन दिनसम्म चल्ने अभिवृद्धि कार्यक्रममा फुटबल, भलिबल, तेक्वान्दो, कराते, एथ्लेटिक्स र रग्बी खेलको प्रशिक्षण दिइनेछ ।

 

प्रशिक्षण कार्यक्रममा रत्ननगरका वडा नं. १४,१५ र १६ मा रहेका सात ओटा माध्यमिक विद्यालयका १५५ छात्रा सहभागी हुनेछन्। कार्यक्रम चितवन सहित २१ जिल्लामा सञ्चालन भईरहेको छ । प्रशिक्षण कार्यक्रमको विहीबार एक औपचारिक कार्यक्रम विच उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर १४ का वडा अध्यक्ष होमनाथ रानाभाटले खेलले व्यक्तिको शारिरीक, मानसिक विकाश हुने भएकाले खेल निकै महत्वपूर्ण रहेको बताए ।

विशिष्ट अतिथि जनजागृति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक विनोद अधिकारीले खेलले व्यक्ति र देशलाई चिनाउने भएकाले खेल जीवनको महत्वपूर्ण पाटो रहेको बताए । खेलले मानिसलाई स्वस्थ, तन्दुरुष्त बनाउनुका साथ साथै शारिरीक र मानसिक विकाशमा मद्धत पुग्ने बताए ।

कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य चन्द्र बन्दना राईले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिईन्। चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम सचिव रामजी ढकालले सञ्चालन गरेका थिए ।

 

https://www.ujyaalonepalnews.com/archives/22918

Previous articleनगर प्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
Next article‘कतार वर्ल्डकप’का लागि नेपाली कामदार लैजान दिने निर्णय, म्यानपावर कम्पनी र व्यक्तिगत दुबै तरिकाबाट जान पाउने