कार्यालयमै गरिएको जाँडपार्टीको फोटोभिडियो खिचेको भन्दै प्राधिकरणका कर्मचारीले पत्रकार कुटे

चितवन । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले चितवनका एक पत्रकारलाई कुटपिट गरेका छन् । आर्थिक वर्ष समापनको अवसर पारेर कार्यलय परिसरकै काउण्टर भवनभित्रै दिउसो देखि रक्सी पार्टी भैरहेको सूचना पाएपछि रिपोर्टिङमा पुगेका पत्रकार कृष्ण आचार्यलाई कर्मचारीहरुले कुटपिट गरेका हुन् ।

कार्यालय परिसरभित्रै खसी काटेर रक्सी पार्टीमा दिनभर रमाएका कर्मचारीहरुले आचार्यलाई कुटेका हुन् । आचार्यको हातमा चोट लागेको छ भने कपडा समेत च्यातिदिएका थिए । समूहनै मिलेर कुट्न थालेपछि आचार्यले बन्द भएको गेट माथि बाट भागेर ज्यान जोगाएकाछन् । आचार्य नारायणी अनलाइनको सम्पादक तथा प्रेस चौतारी चितवनको उपाध्यक्ष हुन् ।

कुटपिट गर्नेहरु भागेपछि थप अनुसन्धानका लागि कार्यालय प्रमुख राजीवकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनभर पार्टी गर्दाको सीसिटिभिमा फुटेज समेत डिलिट गराइएको छ । घटनाका दोषीलाई पक्राउ गरि कारवाही गर्नुपर्ने माग राख्दै चितवनका पत्रकारहरुले नाराबाजी गरेका थिए । साँझ साढे ५ बजेतिर आचार्यमाथि कुटपिट भएको थियो ।

https://ujyaalonepalnews.com/archives/22959

Previous articleजनजागृति माविमा छात्राहरुलाई खेलकुद सम्बन्धी प्रशिक्षण
Next articleलयमा फर्कियो वैदेशिक रोजगारी : एक वर्षमा ६ लाख २८ हजार विदेश गए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।