आउने चुनावमा गठबन्धनको डम्फु बजाउने होइन, आफैं बलियो हुने हो : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा गठबन्धनको भर पर्न नहुने बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित नेपाल तामाङ संघ समाजवादीको भेलामा अध्यक्ष नेपालले अब आफ्नै शक्तिमा चुनाव लड्नुपर्ने बताएका हुन्।

उनले भने, ‘सम्भवतः मंसिरको पहिलो हप्ता चुनावको घोषणा हुनेछ। स्थानीय तहको चुनावमा कति ठाउँमा गठबन्धनको डम्फु बजाउनुभयो थाहा छैन। अब गठबन्धनको डम्फु बजाउने होइन। अब यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने हो। यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो।’

गत स्थानीय चुनावमा संगठन बनाउने कुरामा ध्यान कम दिइएको बताए। नेपालले भने, ‘गत चुनावमा मेहनत कम गर्‍यौं। फलस्वरूप गठबन्धन दलबाट जति महत्व पाउनुपर्थ्यो सकेनौं। चिन्ता गरिहाल्नुपर्ने पनि छैन। हामीले २८ प्रतिशत उम्मेदवार खडा गर्‍यौं। ९ लाख २७ हजार भोट ल्यायौं। हाम्रो पार्टी कमजोर छैन। नेपाली कांग्रेस शक्तिको रूपमा उदाएको छ। एमाले खुम्चिदैं गएपनि दोस्रो शक्तिमा छ। माओवादीले पनि जनयुद्दको हैसियत गुमाएको छैन। क्रान्तिकारी धारको रक्षा गर्न हाम्रो पार्टी तल्लीन छ। ‘

https://ujyaalonepalnews.com/archives/23393

Previous article‘कतार वर्ल्डकप’का लागि नेपाली कामदार लैजान दिने निर्णय, म्यानपावर कम्पनी र व्यक्तिगत दुबै तरिकाबाट जान पाउने
Next articleएसवन ग्रुपको चौथो वार्षिकोत्सब सम्पन्न ।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।