एसवन ग्रुपको चौथो वार्षिकोत्सब सम्पन्न ।

चितवन। घर तथा भवन निर्माण सम्बन्धि संस्था एसवन ग्रुपको चौथो वार्षिकोत्सबको अवसरमा एसवन होम्स नामक मोबाईल एप्लिकेसनको सार्वजनिक भएको छ। ब्यक्तिगत तथा संस्थागत भवन निर्माण गर्दै आइरहेको भरतपुर-११, चितवन स्थित एसवन ग्रुपको दुई भातृ संस्था एसवन होम्स र एसवन बिल्डर्स संचालमा छ।

नेपाल संगसंगै अमेरिकामा समेत एसवन ग्रुपले काम गर्दै आइरहेको छ। सो समारोहमा एसवन ग्रुप, नेपालका अध्यक्ष सुरज न्यौपाने, अमेरिकाका अध्यक्ष कूलमणि आचार्य, वरिष्ठ अधिबक्ता तथा चितवन क्षेत्र न. २ का सांसद कृष्णभक्त पोख्रेल, भरतपुर १० का वडा अध्यक्ष प्रमेश्वर खनाल, उद्योग वाणिज्य संघ संघका दित्तिय उपाध्यक्ष राजेन्द्र ओली लगायतकाले घरजग्गा भवन निर्माण सम्बन्धि विषयमा आ-आफ्ना धारणा राखेका थिए।

https://ujyaalonepalnews.com/archives/23396

Previous articleआउने चुनावमा गठबन्धनको डम्फु बजाउने होइन, आफैं बलियो हुने हो : माधव नेपाल
Next articleकतार विश्वकपको लागी छोटो अवधिका नेपाली श्रमिक शुन्य लागतमा जान पाउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।