चितवनका प्रशान्तले ल्याए एसईईमा ४ जिपिए,नेपाल प्रथम भएको दाबी

चितवन । चितवनको भरतपुरस्थित नारायणी नमूना माविका विद्यार्थी प्रशान्त अधिकारीले आज बुधबार प्रकाशित एसईई परीक्षाको नतिजामा चार जिपिए ल्याएका छन् ।

गोरखा जिल्ला अजिरकोट गाँउपालिका ३ घर भएका अधिकारीले माध्यमिक तह (एसईई) मा ग्रेड प्वाइन्ट एभरेज ४ अंक हासिल गरेका हुन् ।

विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले ४ जिपिए कुनै विद्यार्थीले नल्याएको दाबी गर्दै अधिकारी नै नेपाल प्रथम भएको बताउनुभयो । उनले प्रत्येक बिषयमा ए प्लस ९चार जिपिए० ल्याएका छन् । अधिकारी विद्यालयका मिहिनती र अब्बल विद्यार्थी रहेको र उनी सधैं उत्कृष्ट हुने गरेको प्राचार्य दवाडीले बताउनुभयो ।

चार जिपिए अंक ल्याएका विद्यार्थी अधिकारीले मेहनत अनुसार अंक आएको भन्दै खुसी व्यक्त गरेका छन् । नारायणी नमूना मावि देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित छ ।

https://ujyaalonepalnews.com/archives/23450

Previous articleगौतम बुद्ध विमानस्थलमा पहिलो पटक चार्टर विमान
Next articleरवि लामिछानेसँग चुनाव लड्ने पत्रकार भण्डारीको घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।