गौतम बुद्ध विमानस्थलमा पहिलो पटक चार्टर विमान

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पर्किङका लागि भियतनामबाट चार्टर फलाइट आएको छ । व्यापारिक प्रयोजनका लागि केही यात्रु मात्रै बोकेर नेपाल आएको विमान काठमाण्डौ हुदै भैरहवा आएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ठाँउ नभएकोले पार्किङको लागि उक्त प्राइभेट विमान दिउसो सवा १ बजे भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।

यो विमान अबको ५ दिन यही रहने छ । व्यापािरक प्रयोजनका लागि विजनेश मेनलाई लिएर आएको विमानले यात्रुहरुलाई काठमाण्डौमै अवतरण गराएर यहाँ आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।

भैरहवाबाट यो विमान १ अगस्ट मा काठमाण्डौ जाने छ, काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने विमानको उडानतालिका रहेको छ । विमानमा २ सेट प्राविधिक रहेका छन । एच ए आई ४९९ कलसाइनको विमान हो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडानमात्रै हुँदै आएका थिए ।

वैशाख २८ गते पहिलो चार्टर विमान भारतबाट सेनाको जहाज सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमानबाट आएको थियो । जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले सातााको ३ उडान गर्दै आएपनि अन्य उडान भने हुन सकेको छैन । अन्य एयर कम्पनिहरुले चासो देखाएपनि उडान भने सुरु गर्न सकेका छैनन ।

https://ujyaalonepalnews.com/archives/23447

Previous articleभिजिट भिसामार्फत वैदेशिक रोजगारीको प्रलोभनमा नपर्न गृहको अनुरोध
Next articleचितवनका प्रशान्तले ल्याए एसईईमा ४ जिपिए,नेपाल प्रथम भएको दाबी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।