बालकको मृत्यु पछि भरतपुर अस्पतालमा तनाव; डाक्टर र नर्स कोठामै थुनिए

चितवन, साउन १२ गते । उपचारमा लापरवाही भएर बालकको मृत्यु भएको भन्दै विरामीका आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन् । भरतपुर महानगरपालिका १५ पार्वतीपुरका शोभा लम्साल र राम लम्सालको ३ महिने छोराले दुध खान नमानेपछि आज विहीबार विहान ९ः३० बजे उपचार गर्न अस्पताल ल्याएका थिए ।

चिकित्सकले हेरेपछि बालकलाई भर्ना गरी रगत परीक्षणका लागि पठाए । उपचारमा चिकित्सकबाट दतारुकता नभएको बालकका आफन्त आशिष उपरकोटीले आरोप लगाएका छन् । अस्पतालका नर्स र चिकित्सकको लापरवाहीले बालकको आज दिउसो २ः३० बजे मृत्यु भएको आफन्तको भनाइ छ ।

उपचारमा लापरवाही गर्ने चिकित्सक र नर्सलाई कार्वाहीको माग गर्दै मृतकका आफन्तले कोठाभित्र राखेर बाहिरबाट ताला लगाएका थिए । उपचार हुँदाहुदै बालकले आमाको दुध खाँदा सर्किएपछि मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताएका छन् ।

“उपचार हँुदै थियो, आमाको दुध चुस्दै गर्दा सर्किएपछि बालकको मृत्यु भएको हो, कसरी चिकित्सकको लापरवाही भयो ?” उनले भने । थुनिएका चिकित्सक र नर्सलाई झ्याल खोलेर बाहिर निकालिएको पौडेलले जानकारी दिए । अस्पताल व्यवस्थापन र आफन्तबीच वार्ताको प्रयास भइरहेको अस्पतालका प्रतिनिधिहरुको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/23470

Previous articleजंगलमा युवतीको जलाइएको शव भेटियो : आमा पक्राउ, अन्य सदस्य फरार
Next articleजापान उड्नै लागेकी सपनाको हातमा यसरी लाग्यो हत्कडी …
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।