जापान उड्नै लागेकी सपनाको हातमा यसरी लाग्यो हत्कडी …

१३ साउन, काठमाडौं । कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी पनि गराइसकेका थिए ।

बिहान ७ बजे उड्ने नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट थियो । त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी सुरक्षा जाँच पार गरिसकेकी थिइन् । जाँच पार गरेर लगेज जोखिसकेको अवस्थामा उनी उडानका लागि अन्तिम जाँच कक्षमा थिइन् । तर उडान हुनु केही समयअघि मात्रै एकाएक सादा पोशाकका चार/पाँच जना प्रहरीले पुगेर उनलाई केरकार गर्न थाले ।

कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल

उड्ने बेलामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि उनी असिनपसिन भइन् । ‘सुरुमा उनले आफूलाई केही कुरा थाहा नभएको बताइन्, कुनै अप’राधमा संलग्न नभएको दाबी गरिन्’ विमानस्थल पुगेका एक अधिकृत भन्छन्, ‘तर कोहलपुरमा ह’त्या गरिएका सर्जन बिकसँगको बिवाह दर्ता गरेको कागजात देखाएपछि उनी अक्क बक्क भइन् ।’

पक्राउ पूर्जी लिएर विमानस्थल पुगेको प्रहरीले उनको हातमा हत्कडी लाग्यो । वैदेशिक अध्ययन र उज्जवल भविष्यको परिकल्पना गर्दै विमानस्थल पुगेकी सपनाको सपना विमानस्थलमै तुहियो । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक एआईजी उत्तमराज सुवेदी भन्छन्, ‘उनीविरुद्ध अहिले विस्तृत अनुसन्धान भइरहेको छ ।’ सुवेदीका अनुसार २ वैशाख २०७८ मा कोहलपुर–११, बाँकेमा २१ वर्षीया सर्जन विक चढेको मोटरसाइललाई मिनी बसले ठक्कर दिएको थियो ।

पक्राउ परेकाहरूलाई सार्वजनिक गर्दै प्रहरी ।

त्यसक्रममा ज्यान गु’माएका विकको २ करोड ५० लाख रुपैयाँको बीमा थियो । बीमा गरेको एक महिनामै उनको मृ’त्यु भएपछि बीमा कम्पनीलाई शं’का लाग्यो र सीआईबीमा ठ’गी कसूरमा उजुरी पर्‍यो । अनुसन्धानका सिलसिलामा बीमा रकम हत्याउनैका लागि सपनाको विकसँग नक्कली विवाह गराइएको खुलेको सुवेदीले बताए । सपनाको बयान अनुसार उनलाई विकसँग विहे गरे डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लगिदिने प्रलोभन दिइएको थियो ।

विवाह दर्तापछि विकसँग मल्लको भेट समेत भएको थिएन । उनी विकको मृ’त्यु संस्कारमा पनि सहभागी भएकी थिइनन् । उनले दिएको बयानमा आफूलाई बीमाबारे कुनै जानकारी नभएको बताएकी छन् । प्रहरीका अनुसार प्रकरणमा मल्लसहित सञ्जीव अर्याल, सरदार महमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपकक केसी र ललिता सापकोटा ‘आरती’ पनि पक्राउ परेका छन् ।

https://ujyaalonepalnews.com/archives/23472

Previous articleबालकको मृत्यु पछि भरतपुर अस्पतालमा तनाव; डाक्टर र नर्स कोठामै थुनिए
Next articleबोल्न-सुन्न नसक्ने महिलालाई करणी गरी हत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।