ट्रक किनेको पैसा तिर्न नसकेपछि रड प्रहार गरी साथीको हत्या

बुटवल, साउन १६ गते । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ कलौनी बस्ने ४३ बर्षीय कुलचन्द्र गौतमले ऋण तिर्न नसकेपछि ट्रक व्यवसायी विष्णुबहादुर पाण्डेको हत्या गरेका छन ।

गौतमले पाण्डेसंग लु.१ ख. ७७८१ नम्बरको ट्रक १६ लाखमा पछि पैसा दिने सर्तमा खरिद गरि पास लिएका थिए । ऋण तिर्न नसकेपछि गौतमले पाण्डेलाई पहाड घर अर्घाखाँचीको पाणिनी गाउँपालिका २ डाँडाँकटेरीस्थित सिद्ध सामुदायिक वनमा कालिज मार्न भनि लिएर गएको र योजनाबद्ध रुपमा पछाडिबाट रडले प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगवहादुर केसीले गौतमले पाण्डेलाई रडले प्रहार गरि अचेत बनाएपछि भीरबाट खसाली दिएका थिए । प्रहरीका अनुसार हत्या गर्न प्रयोग गरिएको रड गौतमले बुटवलको मैनाबगरमा सञ्चालन गरेको जय मोटरपार्टसमा लुकाई राखेको अवस्थामा बरामद भएको छ ।

त्यसअघि साउन ९ गते अर्घाखाँचीको पाणिनी गाउँपालिका २ घर भई हाल रुपन्देहीको सैनामैना ६ कलौनी बस्ने दिपक भनिने कुलचन्द्र गौतमलाई ट्रक पास गरिदिने भन्दै पाण्डे घरबाट निस्केका थिए ।

त्यसयता उनी घरमा नआएपछि साउन ११ गते उनकी छोरी सिला पाण्डेले बुबा बेपत्ता भएकोले खोजी गरिदिन भन्दै प्रहरीको निवदेन दिएकी थिइन । गोरखापत्रमा खबर छ।

https://ujyaalonepalnews.com/archives/23557

Previous articleवडाध्यक्ष थापाको ‘अवैध’ अफ-एअरका कारण २५ वर्षिया युवती गर्भवती भएपछि
Next article१३ र ८ वर्षका बालबालिका सहित परिवारका ४ जनाको शव भेटियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।