१३ र ८ वर्षका बालबालिका सहित परिवारका ४ जनाको शव भेटियो

काठमाडौं : काठमाडौंको तारकेश्वरस्थित काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव भेटिएको छ। उनीहरुको हत्या  वा अन्य केही हो  अनुसन्धान गरिरहेको प्रहरीले जनायो। प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। यसैगरी अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको छ।

परिसरका एसएसपी भरत बोहराले घटना भएको जानकारी आएपछि प्रहरी टोली अनुसन्धानका लागि पुगिसकेको जानकारी दिए। चारै जनाको शव घरभित्र फेला पारेको प्रहरीले जनायो। विद्यालय जाने समयमा उनीहरु घरबाट ननिस्किएपछि सोधीखोजी गर्दा उनीहरु मृत भेटिएको बताइएको छ। घरभित्र धारिलो चक्कु भेटिएको प्रहरीले जनायो।

मृतक श्रीमानश्रीमती र छोराछोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी बोहराले बताए।  मृतकहरू ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेकाे प्रहरीले जनाएकाे छ।

श्रीमती र बच्चाहरूको  शरीरमा चक्कु प्रहार गरेको देखिएको र श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन्।  उनीहरूको पुर्ख्यौली घर गोरखाको आश्राङ रहेको प्रारम्भिक जानकारी आएको छ । श्रीमतीको युकेको लागि सिजनल भिषा लागेको र उनी वैदेशिक यात्राको तयारीमा रहेको आफन्तहरूले जानकारी दिएका छन्।

https://ujyaalonepalnews.com/archives/23560

Previous articleट्रक किनेको पैसा तिर्न नसकेपछि रड प्रहार गरी साथीको हत्या
Next articleशंकाले जलायो लंका: श्रीमती माथि शंकाकै कारण परिवार नै विनास
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।