मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतं’कवादी रहेको सूचनापछि यात्रु ओरालियो

0
65

काठमाडौँ — काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतं’कवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच गरिएको छ । कैलाली प्रहरीले आतं’कवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको हो । जहाजमा १४१ जना यात्रु थिए । सुचना प्राप्त भएपछी सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरेको हो ।

जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई जाने तयारीमा थिए । श्रीमान्-श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेका ती व्यक्ति कुनै आतं’कवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले पठाएको थियो ।

मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेको व्यक्ति सुन व्यवसायमा संलग्न रहेको खुलेको छ । सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेका सन्तोष लामिछाने र उनीसहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुनचाँदी र उनीहरुले गर्ने अन्य कारोबारमाथि समेत शं’का लागेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । कैलालीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि ठ’गीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।

अहिले सुनचाँदी व्यवसायीहरुको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए । त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो । जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । ढोका बन्द भएर उड्न लागेका बेला सबै यात्रु उतारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

https://www.ujyaalonepalnews.com/archives/23623

Previous articleअर्किड स्कूलमा अनलाइन कोर्ष र बुट क्याम्प सम्पन्न ।
Next articleन्याय देऊ कि मृत्युदण्ड