ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा श्रीमतीकाे मृत्यु ,श्रीमान घाइते

चितवन–चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ’त्यु भएको छ । घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरेन्द्रनगर चोकमा प्रदर्शन गर्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार बुधबार दिउँसो राप्ती नगरपालिका–७ वीरेन्द्रनगर चोकमा भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना६ख ५९८६ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा राप्ती नगरपालिका–६ हर्दीकी २४ वर्षीय रमिता तामाङको मृ’त्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइ’ते भएकी उनको भरतपुरको सरकारी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । त्यसैगरी घटनामा स्कुटर चालक सोही ठाउँका २८ वर्षीय सुशिल कुँवरको हात र खुट्टामा चोट लागेको छ । मृ’तक रमिता कुँवरको श्रीमती रहेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय भण्डारा र इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी टोली खटी गई ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएका छन् ।

https://ujyaalonepalnews.com/archives/23626

Previous articleमुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतं’कवादी रहेको सूचनापछि यात्रु ओरालियो
Next articleनेपाली कामदार जापान पठाउने विषयमा छलफल गर्न जापानिज टोली नेपालमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।