चितवनमा अर्को घटना: दराजको मुठ्ठीमा झुण्डिएको अवस्थामा महिलाको शव फेला

चितवन , २२ साउन । चितवनको ज्यामिरेमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । पुर्विचितवनको खैरहनी नगरपालिका वडा नम्बर १ सिमलघारी स्थित आफ्नै घरको कोठाभित्र घाटीमा पा’सो लगाएको अवस्था एक महिलाको शव फेला परेको छ ।

कोठाभित्र रहेको दराजको समाउने मुठीमा सलबाधी घाटीमा पा’सो लगाएको अवस्था ४२ वर्षिय लक्ष्मी मिजारको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

उनले आ’त्मह’त्या गरेको हो वा उनको ह’त्या भएको हो भन्ने बारे अहिले केही भन्न नसकिने प्रवक्ता अधिकारीले बताए । पोष्ट’मार्टम रिपोर्ट पश्चात मात्रै घटनाको विषयमा प्रष्ट हुने उनले बताए । शवलाई पोष्ट’मार्टमको लागि भरतपुर लगिएको छ ।

यता स्थानीय तथा आफन्तले भने लक्ष्मीको ह’त्या भएको दावी गरेका छन् । दराजमा पासो लगाएर आ’त्मह’त्या गर्न सम्भव नहुने भन्दै उनको पतिले नै ह’त्या गरेको स्थानीय तथा आफन्तको आ’रोप छ । प्रहरीले मृतकको श्रीमानलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

https://ujyaalonepalnews.com/archives/23663

Previous articleरवि लामिछानेलाई लक्षित गर्दै ओलीले भने-फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाए
Next articleछ महीने छोरीको ह’त्या गरि चर्पीको खाल्डोमा फालेर परपुरुष सँग भागेकी महिला पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।