छ महीने छोरीको ह’त्या गरि चर्पीको खाल्डोमा फालेर परपुरुष सँग भागेकी महिला पक्राउ

0
79

स्याङ्जा — अस्थायी शौचालयको खाल्डोमा हालेर छ महिनाकी शिशुको ह’त्या गरेको आरोपमा स्याङ्जा प्रहरीले आमासहित दुई जनालाई पक्राउ गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमाल गाउँका २२ वर्षीय केदार कुमाल पक्राउ परेका हुन् ।

नाबालिकासहित सम्पर्कविहीन भएकी रानालाई प्रहरीले खोजतलास गर्दा शुक्रबार दिउँसो गल्याङबाट नै पक्राउ गरेको हो । कुमाललाई पनि रानाकै साथबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए ।

‘लक्ष्मी रानाले साउन १० गते छोरीलाई राति १२ बजे ट्वाइलेटको खाल्डोमा हालेकी रहेछिन्,’ डीएसपी खनालले भने, ‘छोरीको खोजतलास गर्दा सडेगलेको अवस्थामा खाल्डोमा लास भेटियो ।’ उनका अनुसार छोरीको हत्या गरेर कुमालसँग सोही दिन विवाह गरी भागेकी थिइन् ।

घरमा कोही नभएको मौका पारी छोरीसहित सम्पर्कविहीन भएको भन्दै साउन १२ गते ससुरा सूर्यबहादुर रानाले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । उनी सोही दिन पुन: विवाह गरी भागेकी थिइन् ।

लक्ष्मीका श्रीमान् मिनबहादुर राना रोजगारीको लागि तीन महिनादेखि भारत छन् । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गर्दै आएको जनाएको छ । नाबालिकाको शव प्रहरीले सूर्यबहादुरलाई नै बुझाएको खनालले बताए । आरोपित दुवै जनालाई आइतबार जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी १० को म्याद थप गरिएको डीएसपी खनालले जनाए ।

https://www.ujyaalonepalnews.com/archives/23668

Previous articleअर्किड स्कूलमा अनलाइन कोर्ष र बुट क्याम्प सम्पन्न ।
Next articleन्याय देऊ कि मृत्युदण्ड