मुख्यमन्त्रीको रवैयाका कारण प्रदेश १ को नामाकरण हुन सकेन : सेरधन राई

संखुवासभा । वर्तमान सरकारका मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका पुरा नगर्दा प्रदेश नम्बर १ को नामाकरण हुन नसकेको पुर्व मुख्यमन्त्री तथा नेकपा एमालेका स्थाई समिती सदस्य शेरधन राईले बताएका छन् । सोमबार संखुवासभाको सदरमुकाम खाँदबारीमा पे्रस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा पूर्व मुख्यमन्त्री राईले अहिलेको सरकारको रवैयाका कारण नामाकरण हुन नसकेको आरोप लगाए ।

मुख्यमन्त्री आफैले जनता भिडाउन खोजेको स्थाई समिती सदस्य राईले बताए । प्रदेश सरकारले सहजिकरण गरे नेकपा एमाले छलफलका लागि तयार रहेको उनले बताए । नामाकरणका लागि एमाले एक ढिंका भएको समेत राईले दावी गरे । प्रदेशको नामाकरणका लागि नेपाली काँग्रेसले समेत खुट्टा कमाएको राईले बताए । नेकपा एमाले सहमतिका लागि कोशी,सगरमाथा,विजयपुर,सप्तकोशी,किरात लगायतका नाममा छलफल गर्न तयार भएको उनको भनाइ छ ।

गठबन्धन सँग एमाले एक्लै चुनाव लड्छ

आगामी चुनावमा गठबन्धन सँग एक्लै चुनाव लड्ने एमालेका स्थाई समिती सदस्य राईले बताए । गठबन्धन सँग नेकपा एमाले एक्लै चुनाव लड्न सक्षम भएको उनको दावी छ । गठबन्धनका दलहरु सँग एमाले एक्लै लड्न प्रतिस्पर्दा गर्न सक्ने राईले बताए । उनले भने एमाले एक्लै चुनाव लड्न,जित्न र नेतृत्व गर्न पनि सक्षम भएको बताए । जिल्ला स्तरित कार्यकर्ता प्रशिक्षणका लागि संखुवासभा आइपुगेका राईले नेपालमा टु पार्टी सिस्टम शासन प्रणाली आवश्यकता भएको बताए । अव दुई दलीय प्रणाली अहिलेको आवश्यकता भएको स्थाई समिती सदस्य राईले बताए । नेपालमा जति धेरै पार्टी त्यति धेरै अस्थिरता उत्पन्न भएको राईले बताए । नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणाली टु पार्टी सिस्टमतर्फ लैजान जरुरी भएको बताए ।

https://ujyaalonepalnews.com/archives/23676

Previous articleखातामा पैसा नभएको चेक दिएर ठगी गरी झाडीमा लुकेकी महिला पक्राउ
Next articleडोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।