१५ वैशाख, काठमाडौं । व्यवसायिक उडानको तयारीका क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३० पुगेको छ । दिउँसो तीन बजे उड्ने भनेको जहाज अबेर गरी उडेको हो । जहाज ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो उडान परीक्षणका रुपमा गरिएको हो ।
त्रिभुवन विमानस्थलको विकल्पका रुपमा तयार भएको यो विमानस्थलमा काठमाडौंकै क्षमतामा जहाजहरु उडान तथा अवतरण गर्न सकिन्छ । गौतमबुद्ध विमानस्थलमा २ जेठबाट नियमित उडान गर्ने तयारी रहेको छ । यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका छन् ।
पाइलटले भेउ नपाउँदा जहाज धावनमार्गमा रोकिएपछि…
बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरण गरिसकेको नेपाल एयरलाइन्सको वाइडबडी ए३३० जहाज केहीबेर धावनमार्गमा रोकिएको छ । सो परीक्षण उडानमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्राविधिकका अनुसार काठमाडौंको त्रिभुवन विमानस्थलबाट गएको जहाज अवतरण गरिसकेपछि जहाज मोड्ने बेला जहाज केही परसम्म पुगिसकेका कारण आवश्यक मोड पुगेन ।

जसले गर्दा जहाजलाई उपकरणको सहायतामा पछाडि सारेर मोड्नु परेको छ । जसले गर्दा जहाज करीव २० मिनेट अवतरणपछि पनि धावनमार्गको छेउमा रोकिएको थियो । ‘जहाज परीक्षण उडानका क्रममा भएका कारण पाइलटले भेउ नपाएको हुन सक्छ,’ ती प्राविधिकले भने । जहाजलाई मोडिसकेपछि भने पानीको फोहराले जहाजको स्वागत गरिएको छ । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक जहाजबाट परीक्षण उडान गरिएको हो ।
यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका थिए । गौतमबुद्ध विमानस्थलमा २ जेठबाट नियमित उडान गर्ने तयारी रहेको छ ।
https://ujyaalonepalnews.com/archives/19468


