अहिलेको सरकारको भारत संग दोहोरो संबाद गर्ने क्षमता छैन : ओली

0
70

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार संग छिमेकी मुलुक भारत संग दोहोरो संबाद गर्ने क्षमता नभएको बताएका छन् । सोमबार रौतहटको गौरमा आयोजित बृहत पार्टी प्रवेश तथा आमसभालाइ सम्बोधन गदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

हरेक बर्ष बर्षाका समयमा गौर लगायत सिमा क्षेत्र डुबान पदै आएको अबस्थामा यो सरकारले भारत संग दोहोरो संबाद गरेर सिमा क्षेत्रको ड्याम हटाउन नसक्ने बताए ।

एमालेका अध्यक्ष ओलीले तराई मधेशका जिल्लाहरु बर्षेणी कटान, डुवान र बाढीको समस्या झेल्दै आउदा आफूले भारतीय प्रधानमन्त्री संग कुरा गर्दा समाधान गर्ने आवश्वास दिएपनि अहिलेको सरकारले कुनै वास्ता नगरेको आरोप लगाए ।

भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी समक्ष सिमावर्ती क्षेत्रमा बनाइएको बाँधको कारण नेपाली भू भाग डुवान परिरहेको हुँदा त्यसको स्थायी रुपमा सधान गर्न पहल गर्ने थिए तर हामी सरकारबाट हटेपछि अहिलेको सरकारबाट निरन्तरता नहुँदा नेपाली क्षेत्र डुवानमै परेर समस्या झेल्नु परेकोमा चिन्ता व्यक्त गरे ।

अध्यक्ष ओलीले एमाले जनता एवं प्रगतिशिल जनताको पार्टी हो भ्रष्टाचारी, षड्यन्त्रकारी र देश विगार्नेको पार्टी नभएको दाबी गर्दै एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको बताए ।

अध्यक्ष ओलीले जब सम्म अन्य दलहरु भ्रष्टाचारमा लिप्त भई जनताको खुन पसिना चुस्ने पार्टीहरु रहिरहन्छ तव सम्म एमालेमा प्रवेश गर्नेहरुको लहर जारी रहेने स्पष्ट पारे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, कसले भन्छ एमालेको सरकार बन्दैनन्, आउदो एक बर्ष भित्रमा एमालेको सरकार बनाएर देखाउने छु । मेरो नेतृत्वमा रहेको सरकारमा पछ्यौटेपन, भेदभाव, छुवाछुतलाई हटाएर समृद्धिको तर्फ अघि बढिरहदा यस्ता परमादेशी सरकार अहिले चरम भ्रष्टाचारमा लिप्त भई नेपाली जनताको इच्छा आकाँक्षाको घाँटी निमोठी रहदा त्यस कार्यमा केही आफूलाई कम्युनिष्ट भनाउदाहरुको साँठगाठमा उक्त कुकृत्य जारी रहेको बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण, कृषिको आधुनिकीकरण देखि लिएर विभिन्न योजनाहरुलाई विशेष प्राथमिकतामा दिएर संचालनमा राखेपनि एमालेको सरकार हटेपछि उक्त योजनाहरुलाई ओझेलमा पारिएको बताउदै मदर्शा शिक्षालाई विशेष प्राथमिकतामा राखेर त्यसलाई राष्ट्रिय शिक्षा प्रणालीमा आवद्ध गराउने योजना त्यतीकै रहेको बताए । तराई मधेशका बालबालिकाहरुलाई गुणस्तरिय शिक्षाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । हाम्रै पहलमा चिन संग जोडिएको सिमानाको बालबालिकाहरुलाई राम्रो शिक्षाको लागि व्यवस्थापन गरेको बताए ।

एमाले अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई संकेत गर्दै तपाईहरुलाई लाग्न सक्दैन किन एमाले प्रवेश गरेको छु, पार्टीमा पहिला किन आएन भनेर लाग्न सक्छ भन्दै सबै नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै संगठन विस्तार र आउदो निर्वाचन तर्फ ध्यान केन्द्रीत बनाउन उनले आग्रह गरे ।

गौर नगरपालिकाका पुर्व मेयर गृप्ताको नेतृत्वमा ५ हजार ७ सय ४३ जना एमालेमा प्रवेश

लोसपाका केन्द्रीय महासचिब तथा गौर नगरपालिकाको पूर्व मेयर अजय कुमार गुप्ताले आफनो २६ बर्षिय मधेशको राजनितिक आजबाट फेरेको बताएका छन ।

अन्यपार्टीहरु भन्दा नेकपा एमालेको देश बनाउने अभियान आफुलाइ चित्त बुझेको कारण एमालेमा प्रवेश गरेको गुप्ताले बताए ।
गुप्ता सहित लोसपाबाट संविधान सभा सदस्य भएकी चन्दन साह, नेपाली काँग्रेसको जिल्ला सचिव राजेश चौधरी सहित ५ हजार ७ सय ४३ जना कार्यकर्ताहरु उक्त पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटि सचिब बाल बिक्रम कार्कीले जानकारी दिएका छन ।

एमाले अध्यक्ष ओली निर्धारित कार्यक्रम भन्दा ३ घण्टा ढिलो रौतहट सदरमुकाम गौर आइपुगेका थिए । प्रतिकुल मौसम र ठूलो बर्षाको कारण उनी चढेको सिम्रिक एयरको हेलिकप्टर वाराको सिमरा विमान स्थलमा आकस्मि अवतरण गरे ।

https://www.ujyaalonepalnews.com/archives/23684

Previous articleअर्किड स्कूलमा अनलाइन कोर्ष र बुट क्याम्प सम्पन्न ।
Next articleन्याय देऊ कि मृत्युदण्ड