रुकुम (पूर्व) : रुकुम पश्चिममा अरिँगालको टोकाइबाट एकजनाको मृ’त्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृ’त्यु भएको हो। ३ दिनअगाडि अरिँगालले टोकेका सुनारको आइतबार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृ’त्यु भएको हो। साथीहरूसँग सल्यानको बाफुखोलामा अरिँगाल झार्न गएका सुनारलाई अरिँगालले टोकेको थियो।
३ दिनसम्म स्थानीय निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आइतबार नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृ’त्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए। सुनारको शरीरमा अरिँगालले टोकेका ५३ वटा घा’उ देखिएका छन्। त्यसकारण सुनारलाई ५३ वटा अरिँगालले टोकेको अनुमान गरिएको विश्वकर्माले बताए। सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव थिए।
यो पनि: मान’सिक अवस्था ठिक नभएकी महिलालाई जब’रजस्ती क’रणी गरेको आरोपमा युवक पक्राउ

गुल्मी : मान’सिक अवस्था ठिक नभएकी महिलालाई आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। धुर्कोट गाउँपालिका– ६ की मा’नसिक अवस्था ठिक नभएकी ३५ वर्षीया महिलालाई जब’रजस्ती क’रणी गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका– ७ का १९ वर्षीय रामबहादुर सुनारलाई पक्राउ गरेको हो।
गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार गत सुनारले शुक्रबार साँझ ती महिलालाई जंगलमा लगी जबर’जस्ती क’रणी गरेको आरोप लागेको छ। घटनापछि फरार उनलाई प्रहरीले आइतबार गाउँबाटै पक्राउ गरेको हो। सुनारलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको खरेलले बताए।
https://ujyaalonepalnews.com/archives/23706


