सरकारको प्राथमिकता कार्पेट कि पीसीआर भन्नेलाई सरकारी पानीको फोहोरा ( भिडियो)

सरकारको प्राथमिकता कार्पेट कि पीसीआर भन्नेलाई सरकारी पानीको फोहोरा ( भिडियो)

काठमाडौँ — मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फाेहाेरा हानेको छ ।

लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ ।

काठमाडौं प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले प्रधानमन्त्री निवास बालुवाटार वरपरको निषेधित क्षेत्र प्रवेश गर्ने, लकडाउन उल्लंघन गर्ने र उच्छृङ्खल गतिविधि देखाएकाले उनीहरुलाई नियन्त्रणमा लिन पानीको फोहोरा र लाठीचार्ज गरिएको बताए ।

सडकमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतलेआरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका थिए । कोरोना माहामारी नियन्त्रणको बेला सरकारले राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोप्रति पनि प्रदर्शनकारीले विरोध जनाएका छन् । उनीले ‘सरकारको प्राथमिकता कार्पेट कि पीसीआर ? लेखेको पप्पलेट बोकेका छन् ।

Corrections Policy

Previous articleआज अष्ट्रेलिया र भोलि यूएईबाट आउँदैछन् उद्दार गरिएका नेपाली, विमानस्थलमा यस्तो छ तयारी ( फोटो फिचर)
Next articleसबै भारतीय चेली सरिता गिरि जस्तै हुदैनन्: यो मन त मेरो नेपाली हो मा नाच्दै हिमानी ( भिडियो )
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।