नहरले बगाउँदा रत्ननगरमा एक बालिकाको मृत्यु

चितवन, साउन २९ । नहरमा डुबेर चितवनमा एक बालिकाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रत्ननगर नगरपालिका- १६ एकताटोल ध्रुवचोक नजिकै खेल्दाखेल्दै घर नजिकैको नहरले बगाएपछि ६ वर्षीया संस्कृति केसीको ज्यान गएको हो ।

खेल्ने क्रममा नहरमा खसेकी उनलाई बगेको ठाउँभन्दा एक किलोमिटर तल सेवा केन्द्र टोलबाट अचेत अवस्थामा उद्धार गरेको वडाध्यक्ष हेमराज थापाले बताए ।

नहर बाट उद्धार गरी उपचारका लागि नजिकै रहेको गुञ्जमानसिंह अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणाा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/23795

Previous articleदुबई बाट काठमाडौं हुँदै भारत छिर्न लागेकी पाकिस्तानी महिला नेपाल – भारत बोर्डर बाट पक्राउ
Next articleराष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाइन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।