भोली बुधबार पूर्वी चितवन क्षेत्रमा दिनभर विद्युत अवरुद्ध हुने

0
65

उज्यालो नेपाल, साउन ३१- पूर्वी चितवनको रत्ननगर, खैरहनी र ईच्छाकामना गाउँपालिकाका विभिन्न क्षेत्रमा विधुत अवरुद्ध हुने भएको छ । भोली भदौ १ गते बुधबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म भरतपुर महानगरपालिकाको  ६ लेन बाटोको मिलन चोकमा रहेको ३३ केभि लाईनको पोल बाटो बिस्तार कार्यको लागि स्थानान्तरण गर्नु पर्ने भएकोले विधुत अवरुद्ध गर्नु परेको नेपाल विद्युत प्राधिकरण रत्ननगर टांडी वितरण केन्द्रले जनाएको छ ।

टांडी वितरण केन्द्र अन्तर्गत ३२/११ के.भि. पर्सा सबस्टेसनबाट वितरण भएको ११ के.भि. चैनपुर, टाँडी र सौराहा फिडर अन्तर्गत रत्ननगर न.पा. वडा नं. १, २, ३, ४, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, खैरहनी न.पा. वडा नं. १, २, ३ र ४, कालिका न.पा. र इच्छाकमना गा.पा वडा नं. ७ को सम्पुण क्षेत्रमा उक्त समयमा बिद्युत सेवा अबरुद्ध रहने केन्द्र द्वारा जारी सुचनामा जनाईएको छ ।

हेर्नुस सुचना 

यो पनि:  नेपाल विद्युत प्राधिकरण भरतपुरका २७१ पैसा नतिर्ने सेवाग्राही कालोसूचीमा

भरतपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो । उनीहरुबाट रु ७९ लाख ३९ हजार ६९० बक्यौता उठाउन बाँकी छ । केन्द्रका सूचना अधिकारी अच्युतराज विष्टका अनुसार छ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ ।

कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उनले जानकारी दिए । कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३५० सेवाग्राही रहेका र तिनबाट वार्षिक रु १८ करोड ८९ लाख १० हजार ८१५ युनिट विद्युत् खपत हुँदा वार्षिक रु एक अर्ब ९४ करोड ८१ लाख ८३ हजार महसुल उठेको छ ।

गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने एक हजार ७४६ सेवाग्राहीको लाइन काटिएको थियो । उनीहरुमध्ये एक हजार ५४५सेवाग्राहीको लाइन पुनः जडान गरिएको र सय एक सेवाग्राही सम्पर्कमा नआएको उनले जानकारी दिए । लाइन काटिएका सेवाग्राहीबाट रु चार करोड ४३ लाख ६० हजार महसुल असूली गरिएको कार्यालयले जनाएको छ । रासस

https://www.ujyaalonepalnews.com/archives/23822

Previous articleभएका जहाज घाम तपाएर राख्दाराख्दै नेपाल वायु सेवा निगमको घाटा ४८ अर्ब पुग्यो
Next articleटोलटोलमा प्रचण्डको शालिक बनाएर बनाएर पूजा गर्ने पूजा गर्ने दिन आउँछ : वर्षमान पुन