भ्रष्टाचारको समाचार लेखेको भन्दै चितवनमा पत्रकार कुटिए

चितवन । नेपाल पत्रकार महासंघ चितवनका सदस्य तथा कालिका दैनिक अनलाइनका प्रधान सम्पादक शिशिर सिंखडामाथि आज (बुधबार) बिहान हातपात भएको छ । आफ्नो दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल आएका पत्रकार सिंखडालाई नेकपा एमाले कालिका नगरपालिका नगर उपाध्यक्ष दिपक लामिछाने लगाएतको टिमले हातपात गरेका हुन् ।

पत्रकार सिंखडाले कालिका नगरपालिकामा भ्रष्टचार भएको भनेर अख्तियारमा मुद्धा परेपछि सो बिषयमा आएको समाचारको बिषयलाई लिएर आफु माथी लामिछाने सहितको टिमले हातपात गरेको बताए । केहि दिन अघि कालिका नगरपालिकाका पूर्व मेयर खुमनारायण श्रेष्ठ तथा सो बेला उनका पीए समेत रहेका दिपक लामिछाने बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंमा २५ करोड भन्दा बढी भ्रष्टचार भएको भनि मुद्धा दर्ता भएको छ ।

जसको मुद्धा दर्ता नं. सी. ००७१२८ रहेको छ । सो बिषयको समाचार धेरै मिडियामा आएपछि रिसाएका लामिछानेले आफु माथी हातपात गरेको पत्रकार सिंखडाको आरोप छ । यसैबिच पत्रकार सिंखडालाई हातपात भएको बिषयलाई लिएर चितवनका सञ्चार आवद्ध संघसस्थाहरुले भत्सर्ना गरेका छन् ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र प्रेस सेन्टर चितवनका कोषध्यक्ष किशोरचन्द्रले आज (बुधबार) संयुक्त रुपमा एक बिज्ञप्ति जारी गर्दै समाचारमा चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायमा निवेदन गर्न पाउने अधिकार र छानविनका लागि राज्यको निकाय हुँदाहुँदै त्यस्ता व्यवस्थाको वेवास्ता गरि पत्रकारमाथि हातपात भएको भन्दै स्वतन्त्ररुपमा पत्रकारिता गर्ने वातावरण बनाउन संविधानप्रदत अधिकारको सुनिश्चितता गर्न माग गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/23845

Previous articleजाँड खाएर मरेकाको शालिक बनेको छ, युद्धमा मरेकाहरुको नामै छैन : केपी ओली
Next article५ वर्षको छोरासहित ओडारमा जीवन बिताउन बाध्य जलुदेवी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।