श्रीमान विदेशमा श्रीमतीको शव गेष्टहाउसको कोठामा

१ भदौ, बुटवल । आइतबार राति बुटवलको होटलमा मृत भेटिएकी ३३ वर्षकी पुष्पा पुनमगर एक महिनादेखि घरमा सम्पर्कविहीन थिइन् । नेपालगञ्जस्थित घरबाट माइत जान्छु भनेर हिँडेको तर माइतमा नपुगेको थाहा पाएपछि वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका श्रीमान्ले पुष्पा हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जा’लमार्फत अनुरोध गरेका थिए । आइतबार राति बुटवल–२ फूलबारी नजिकैको स्याङ्जा कारीकोटे होटलमा धादिङका ३८ वर्षीय सीताराम भुजेलसँग एउटै कोठामा बास बसेकी पुष्पा अर्को दिन मृत भेटिइन् ।

भुजेल मानव अं’ग बेचबिखन सम्बन्धी अपरा’धमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका थिए । ‘असार अन्तिममा साउन बार्न भनेर पुष्पा नेपालगञ्जबाट दाङको सतबरिया माइत जान्छु भनेर हिंडेकी रहिछन्’, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष रेग्मीले भने, ‘उनी हराएपछि श्रीमानले खोजी गरिदिन सामाजिक सञ्जा’लमा सूचना हालेका रहेछन् तर प्रहरीमा निवेदन आएको थिएन ।’ होटेलको कोठा नम्बर १३४ बुक गर्दा उनीहरूले आफू श्रीमान–श्रीमती भएको र ठेगाना बुटवल उपमहानगरपालिका–४ उल्लेख गरेका होटलका सञ्चालक बासुदेव लामिछाने मगर बताउँछन् ।

‘सोमबार बिहान ५ नबज्दै सीताराम एक्लै होटलबाट निस्कन खोजेका थिए’, लामिछानेले भने, ‘श्रीमान श्रीमती भनेर बसेपछि एक्लै निस्कनु राम्रो हुन्न भनेर कोठामै फर्काएका थियौंं ।’ ९ बजेसम्म पनि कोठाबाट उनीहरू बाहिर ननिस्केपछि प्रहरीलाई खबर गरेर ढोका तोडेर हेर्दा पुष्पा र सीताराम दुवै जना मृत अवस्थामा रहेका उनले बताए ।

उनीहरु बसेको बेडका तन्ना र टाबेलमा रगत लागेकाले पुष्पाको ह’त्या गरी भुजेलले आ’त्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक रेग्मीले बताए । भुजेल र महिलाबीच कहिले कसरी भेट भयो र उनीहरुबीच कस्तो सम्बन्ध थियो भन्नेबारे केही खुलेको छैन । भुजेल मानव अं’ग बेचबिखन सम्बन्धी अप’राधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका पाइएको रेग्मीले बताए ।

पुष्पाको साथमा मोबाइलसमेत नभएकाले धादिङका सीतारामसंग भेट कसरी भयो भन्ने अझै नखुलेको प्रहरी निरीक्षक रेग्मीले बताए । पुष्पाका माइती पक्षका आफन्त जाहेरी दिने तयारीमा रहेका र श्रीमान् युएईबाट आएपछि पोस्ट’मार्टम हुने उनले बताए । दुबैजनाको शब लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा छ । भुजेलसंगको विवाहेत्तर सम्बन्धमा खटपटकै कारण पुष्पाले ज्यान गु’माएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

‘पुष्पाका माइतीहरु जोहरी दिने क्रममा रहेकाले त्यसपछि थप कुरा खुल्ला’–रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले भने, ‘भुजेलको पृष्ठभूमिले पनि उनी अप’राध कर्ममा संलग्न हुंदै आएको पुष्टी हुन्छ, त्यसको शिकार पुष्पा पनि भइन् भन्ने अहिलेसम्मको अनुसन्धानले देखाउँछ ।’

https://ujyaalonepalnews.com/archives/23853

Previous article५ वर्षको छोरासहित ओडारमा जीवन बिताउन बाध्य जलुदेवी
Next articleहिमानी शाह अस्पताल भर्ना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।