रवी लामिछानेको पार्टीले प्रदेश चुनाव नलड्ने

काठमाडौं : रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा भएकोमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको भएको छ ।  ४ मंसिरमा भएको निर्वाचनमध्ये संघीय चुनावमा मात्र पार्टीले भाग लिने अध्यक्ष लामिछानेले बताएका छन् ।

भिडियो सन्देश जारी गर्दै लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’

उनले यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन् । ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ उनले भनेका छन् ।

https://ujyaalonepalnews.com/archives/23864

Previous articleत्यो रात ! जब राजा वीरेन्द्रको पेस्तोल खोसियो
Next articleहर्क साम्पाङले सार्वजनिक गरे अहिलेसम्मका कामको सूची
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।