पिपुल्स पावरको आईपीओमा १० लाखभन्दा बढीको आवेदन, आइतवारसम्म आवेदन दिन सकिने

भदौ ३, काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओमा १० लाख ६७ हजार १८० जनाले आवेदन दिएका छन् । सीडीएस क्लियरिङका अनुसार बिहीवार बेलुका ५ बजेसम्म १० लाख ६७ हजार १८० जनाले १ करोड २२ लाख ६४ हजार ४४० कित्ताका लागि आवेदन दिएका हुन् । यस आधारमा मागभन्दा ५ दशमलव ३४ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्कासन गरेको छ, जसमध्ये ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा सुरक्षित गरिएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएकाे हाे ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि केयर एनपी डबल बी इस्युअर रेटिङ पाएकाे छ । यसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीकाे कम्पनीले आईपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले रेटिङ प्रदान गरेको हाे ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले इलामको इलाम नगरपालिका वडा नं १ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्न आईपीओ निष्कासन गर्न लागेको हो ।

https://ujyaalonepalnews.com/archives/23917

Previous articleदेशको प्रधानमन्त्रीले रक्सी खाँदै मातेर नाचेको भिडियो भाईरल भएपछी ….
Next articleचुनावमा होमियो एमाले : चुनावी घोषणा पत्रको मस्यौदा तयार पार्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।