संगै सुतेका श्रीमानले अर्कै महिला संग फोनमा बोलेको भेटेपछि श्रीमतीले गरिन् घनले हानेर ह’त्या

बागलुङ — ओछ्यानमा सँगै सुतेका पति अर्कै महिलासँग फोनमा कुरा गरेको भेटेपछि पत्नीले पतिको ह’त्या गरेको खुलासा भएको छ ।बगलुङको निसीखोला ५ कामी डाँडाकी २३ वर्षीया कुमारी कामीले २५ वर्षीय पति गुनबहादुर विकको ह’त्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छन् । गत साउन २५ गते राति उनले पतिको टाउको छिनाएर निसीखोलामा बगाएको घटना सार्वजनिक भएको हो । साउन २५ गते ह’त्या गरेर फाले पनि भदौ १ गते टाउको बिनाको शव खोलामा भेटिएको थियो ।

शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा पत्नी कुमारी र उनकी बहिनी १८ वर्षीया मनिषालाई पक्राउ गरेको छ । घटनाको १० दिनपछि मात्रै प्रहरीले कुमारीलाई पक्राउ गरेको हो । २५ वर्षीय विक रोजगारीका लागि मलेसिया जानका लागि भिसा लागेर बसेका थिए । भिसा लागेपछि केही दिनदेखि र’क्सी पिउने, घुम्ने र मेला भर्न जाने योजना बुन्दै गरेको र सोही अनुसार साथीहरुलाई फोन गर्ने क्रममा अन्य महिलाको नाम लिएको सुनेर रिसाएकी पत्नी कुमारीले सुतेकै स्थानमा घनले हानेर बे’होस पारेकी थिइन् ।

त्यसपछि चिर्पट दाउराले हानेर ह’त्या गरेपछि खुकुरीले घाँटी रे’टेर छिनालेको प्रहरीसँगको बयानमा बताएको प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले बताए । प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीका अनुसार मृ’तकको टाउको अझै भेटिएको छैन । घटनामा मृतककी साली मनिषाले पनि साथ दिएको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि ज्ञवालीसहित अन्य चार जना प्रहरी अधिकृत खटिएका थिए । घटनास्थल पत्ता लगाउन पनि प्रहरीलाई हम्मे परेको थियो ।

‘खोलाको किनारदेखि युवाले रक्सी पिएको स्थानसम्म अनुसन्धान गर्दा पनि पत्ता लगाउन सकिएको थिएन,’ ज्ञवालीले भने, ‘पत्नीको बयानपछि मात्रै सुतेकै स्थनमा ह’त्या गरेको पत्ता लाग्यो ।’ ह’त्यापछि बहिनीसँगै मिलेर घर सफाइ गरेको, र’गत लागेको सबै स्थानमा लिपपोत गरेको देखिएको उनले बताए । घटनास्थलबाट प्रहरीले ह’त्यामा प्रयोग भएको खुकुरी र घनसमेत बरामद गरेको जनाएको छ । आइतबार प्रहरीले अभियुक्तलाई सार्वजनिक समेत गरेको छ । विवाह भएको ६ वर्षमा गुनबहादुरले धेरै महिलासँग फोन र म्याजेज गर्ने र पत्नीलाई चिढ्याउने गरी भ्वाइस म्यासेज पठाएको भेटिएको प्रहरीको अनुमान छ ।

लेख्नपढ्न नजानेकी पत्नीले सुन्नसक्ने गरी भ्वाइस म्यासेज पठाउने गरेपछि पत्नी कुमारी पतिप्रति आ’क्रोशित थिइन् । उनले घटना भएकै दिन पनि सँगै सुतेकै स्थानबाट अर्कै महिलासँग कुराकानी गरेको र मेला घुम्न जाने योजना बनाएको कुरा सुनेपछि राति नै ह’त्या गरेको बयानका क्रममा बताएकी छन् । शनिबार पक्राउ परेकी कुमारीलाई प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरेको बताएको छ ।

https://ujyaalonepalnews.com/archives/23973

Previous articleपत्थरीको अपरेसन गर्न गएका बिरामीको ३ ओटा दाँत झारेपछि विरअस्पतालमा बबाल
Next articleदैलेख–२ बाट चुनावमा उठ्ने विष्णु रिजालको आकांक्षा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।