काठमाडौँ घुम्न जान्छु भनेर हिंडेकी छोरी ५ वर्ष सम्म घर नफ़र्किएपछि

गुल्मी : गुल्मीको मदाने गाउँपालिका–२ बाझकेटरी मुलाबारीकी एक युवती विगत ५ वर्षदेखि घरपरिवारको सम्पर्क बाहिर छिन्। स्थानीय २१ वर्षीय आशा झाँक्रीमगर सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरिदिन आग्रह गरेका छन्।तीन बहिनीमध्ये आशा जेठी छोरी हुन्। काठमाडौं घुम्न जान्छु भनेर गएकी छोरी अझैसम्म नफर्केको आमा सीता झाँक्री मगरले बताइन्।‘

बीचमा फोन गरेर मम्मी मैले विवाह गरे भनेर भनेकी थिइँ’, उनले भनिन्, ‘विवाह भएको एक महिनापछि छोरी सम्पर्कमा आइनन्। केटाले भागेर गइ भनेपछि मात्र थाहा भयो ।’ इलाका प्रहरी कार्यालय पुर्कोट दह गुल्मीमा छोरीको खोजी गरिदिन् निवेदन दिएको उनले जानकारी गराइन्।काठमाडौं थानकोट बस्ने ३० वर्षीय सुजन गिरीसँग छोरीको बिहे भएको खबर टेलिफोनमा जानकारी पाएको झाँक्रीले बताइन् ।

तर, बिहे भयो भनिएका गिरीले बिहे भएको एक महिनापछि झाँक्री आफूबाट भागेर गएको र अहिलेसम्म पत्ता नलागेको सुनाए।‘बिहे गर्दा पनि मलाई झुक्काएकी थिइन्’, उनले भने, ‘एक तोला जति सुन थियो।त्यो पनि लगेर गइन् ।’ गिरीले अहिले चन्द्रागिरी नगरपालिकाको थानकोटमा कुखुरापालन व्यवसाय गर्दै आएका छन्।

https://ujyaalonepalnews.com/archives/23985

Previous articleजिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरमा भिडियो एक्सरे सेवा सुरु
Next articleश्रीमती संग सहबास गर्दागर्दै अर्कै युवतीको नाम लिएर बर्बराएपछि ……….
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।