Home Uncategorized पाष्टरको झारफुकले मरेकी महिला ब्यूँताएको भन्दै भाईरल भिडियो बारे छानबिन हुने

पाष्टरको झारफुकले मरेकी महिला ब्यूँताएको भन्दै भाईरल भिडियो बारे छानबिन हुने

बुटवल – मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको एक चर्चमा ‘जीवित’ गराइएको भन्दै सामाजिक सञ्जालमार्फत् भिडिओ सार्वजनिक भएपछि रूपन्देही जिल्ला प्रशासन कार्यालयले यसबारे अनुसन्धान गर्ने भएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बताए।

‘भिडिओ सार्वजनिक भएपछि हामीले यसबारे थाहा पायौं। यस्ता काम जोकोहीले पनि गर्नु कानुनी हिसाबले दण्डनीय छ। यसबारे के रहेछ अनुसन्धान हुनेछ,’ पाण्डेले भने। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ।

विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ। भिडि‌ओमा पास्टर भनिएका राजेन्द्र गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेका छन्।

गोतामेसँगै वरिपरि केही महिला तथा पुरूषहरूले समेत केही भन्दै गरेको भिडिओमा देखिन्छ। भिडिओमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर ‘विभिन्न अस्पताल लगेर लाखौं रूपैयाँ खर्च गरी उपचार गर्दा पनि निको नभएको’ भन्न लगाइएको छ।

सासू भनिएकी ती वृद्धाले बोल्दै गर्दा पास्टर राजेन्द्र गोतामेले ‘एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदासमेत निको नभएको तर ५/६ लाख खर्च भएको आफूले सुनेको’ भन्न लगाएका छन्।

https://ujyaalonepalnews.com/archives/23994

Previous articleश्रीमती संग सहबास गर्दागर्दै अर्कै युवतीको नाम लिएर बर्बराएपछि ……….
Next articleबन्दको समयमा सवारी चलाएकाे भन्दै ताेडफाेड, बन्दकर्ता चितवन प्रहरीकाे नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।