हलिउडका कलाकार डग्लसको १०३ वर्षको उमेरमा निधन

0
31

हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ। आफ्नो समयमा निकै ख्याती कमाएका “स्पार्टाकस” र “पाथ्स् अफ ग्लोरी” जस्ता चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए।

सन् १९४० को दशकको अन्त्यतिर उनले अभिनय गरेका चलचित्रहरु औधि रुचाइएका थिए। उनले अभिनयका अलावा फिल्म निर्माता र निर्देशकको शसक्त भूमिकामा पनि काम गरे। करिब छ दशकको कलायात्रामा उनले करिब १०० वटा चलचित्र निर्माण गरे। उनका छोरा एवं ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्ना पिताको निधन बेभर्ले हिल्समा आफ्नै निवासमा भएको बताएका छन्।

The post हलिउडका कलाकार डग्लसको १०३ वर्षको उमेरमा निधन appeared first on Purbeli News.

‘बगैँचामा थरिथरिका’ नामक नेपाली बालगीत सार्वजनिक (भिडियो सहित)

Previous articleकाश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
Next articleप्रदेशमा जैविक अनुसन्धान केन्द्र खोल्न प्रदेश सरकार तयार : मुख्यमन्त्री राई