विराटनगर : सुनसरीको इनरुवा नगरपालिका-४ का ३० वर्षीय विनोदकुमार खत्वेले मध्यराति आ’त्तिदै छरछिमेकीलाई बोलाए। घटना आजभन्दा ५ वर्षअघि अर्थात् २०७४ साल जेठ ४ गतेको हो। राति ११:३० जति बजेको थियो। पत्नी (श्रीमती) २३ वर्षीया अनितादेवी खत्वेले वि’ष सेवन गरेको भनी आ’त्तिएर हल्ला गर्दै बोलाएपछि मस्त निद्रामा रहेका छिमेकीहरु उठेर उनको घरसम्म पुगे। प्रहरीका अनुसार स्थानीय पुग्दा अनिता घरभित्रै बे’होस अवस्थामा भेटिएकी थिइन्। तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगे। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि सोही रात बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो। प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले मृ’त घोषित गरिदिए।
त्यहीँबाट विनोद फ’रार भए। पोस्टमार्टम गरेर अस्पतालले जिम्मा लगाएपछि शव लगेर आफन्त र परिवारका सदस्यले अन्त्येष्टि गरे। शंका’स्पद् देखिएपछि घटनाको अनुसन्धान सुरु गरेर प्रहरीले विनोदको खोजी सुरु गर्यो। तर फेला पार्न सकेन। उनी लुकिछिपी वैदेशिक रोजगारीका लागि मलेसिया गएको पाइएको छ। पछि अनिताको पोस्टमार्टम र भिसेरा परीक्षणको रिपोर्ट पनि विनोदले भनेको भन्दा उल्टो आयो। पत्नीले वि’ष सेवन गरेको भनेर भनेका थिए। तर वि’ष सेवन नगरेको रिपोर्ट आयो।
परीक्षणबाट कुट’पिटका कारण अनितको मृ’त्यु भएको पुष्टि भयो। प्रहरीले पत्नीको ह’त्यामा संलग्न विनोदको खोजी जारी राख्यो। विदेश (मलेसिया) उडिसकेका कारण उनी पक्राउ परेका थिएनन्। वैदेशिक रोजगारीबाट केही दिनअघि उनी फर्किएका थिए। त्यसको जानकारी प्रहरीले पायो। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनलाई सोमबार (भदौ ६ गते) साँझ घरैबाट पक्राउ गरेको छ। सुनसरी प्रहरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार घटनाको ५ वर्षपछि पक्राउ गरेर अनुसन्धानको प्रक्रिया अघि बढाउँदा कुट’पिट गरेर पत्नीको ह’त्या गरेको विनोदले स्वीकार गरेका छन्।
अहिले ३५ वर्ष पुगिसकेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी ढकालले दिए। ‘घरयासी वि’वादमा विनोदले पत्नीमाथि निर्घात कुट’पिट गरेको पाइयो। बेहो’स भएर ढलेपछि कारबाहीबाट बच्न वि’ष सेवन गरेको भनेर झुठो कुरा भनेछन्,’ उनले भने, ‘अनुसन्धान र पोस्टमार्टम रिपोर्टबाट ह’त्याको पुष्टि भयो। प्रमाणबाट ह’त्याको पुष्टि भए पनि फरार भएका कारण तत्काल पक्राउ परेनन्।’
पत्नीको ह’त्या गरेपछि कारबाहीबाट जोगिन लुकिछिपी वैदेशिक रोजगारीको बहानामा मलेसिया गएको पाइएको उनको भनाइ छ। त्यसअघि पनि उनी वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर फर्किएको पाइएको छ। विनोद र अनिताबीच २०६५ सालमा प्रेम विवाह भएको थियो। उनीहरुका १ छोरा र २ छोरी छन्। अहिले आफन्तले हेरचाह र लालनपालन गरिरहेको प्रहरीले जनाएको छ। विनोदले १४ वर्षको कलिलो उमेरमै अनितालाई बिहे गरेर लगेका थिए। बिहे गरेदेखि नै विनोद र उनका परिवारका सदस्यले अनितलाई शारीरिक तथा मान’सिक यात’ना दिने गरेको पाइएको एसपी ढकाल बताउँछन्। तर अनिताले कसैलाई सुनाएकी थिइनन्।
‘एकदिन पति विनोदले मर’णासन्न हुने गरी कुट’पिट गरेपछि अनिताले माइती गएर आफ्नी आमा शान्तिदेवी खत्वेलाई घटना सुनाइछन्। त्यसपछि दुवै जनालाई बोलाएर शान्तिदेवीले सम्झाईबुझाई गरी घर पठाएको पनि पाइयो,’ एसपी ढकालले भने, ‘पारिवारिक आर्थिक अवस्था कमजोर रहेछ। ससुरालीबाट फर्किएको केही समयमै पत्नी र छोराछोरीलाई घरमा छाडेर विनोद पहिलोपटक मलेसिया गएको खुलेको छ।’
उनका अनुसार ३ वर्ष मलेसिया बसेर फर्किएका विनोदले घरमा आएपछि पनि पत्नीलाई कुट’पिट गर्ने र या’तना दिने गरेको खुलेको छ। ‘मलेसियाबाट आएपछि पनि विनोदले पत्नीमाथि कुट’पिट गर्ने तथा मा’नसिक र शारीरिक या’तना दिने क्रम जारी राखेको पाइयो,’ एसपी ढकालले भने, ‘त्यही क्रममा अनिताको मृ’त्यु भएपछि फरार बनेर प्रहरीलाई छल्दै पुनः मलेसिया गएको खुलेको छ।’
https://ujyaalonepalnews.com/archives/24025



