शीतल निवासमा सुरक्षा अधिकारीहरुसँग राष्ट्रपतिको संवाद

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षा अधिकारीहरुसँग भेट गरेकी छन्। उनले आफ्नो सुरक्षामा खटिएका सुरक्षा अधिकारीहरुसँग बुधबार भेट गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो।

दोस्रो कार्यकालको सकिनै लाग्दा उनले सुरक्षा अधिकारीहरुलाई बोलाएर धन्यवाद ज्ञापन गरेको स्रोतको भनाइ छ। भेटमा नेपाली सेनासहितका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको बताइएको छ।

पछिल्लो समय राष्ट्रपति भण्डारीले विभिन्न पेसा व्यवसायीहरुसँग अन्तर्क्रिया गर्दै आएकी छन्। सन्देशसहित फिर्ता पठाइएको नागरिकता विधेयक संसदबाट जस्ताको तस्तै पास गरेपछि राष्ट्रपति असन्तुष्ट बनेको स्रोतको भनाइ छ।
त्यही भएर उनी केही दिनअघि कानुन व्यवसायीहरुसँग सम्वाद गरेकी थिइन्।

विसं २०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपति बनेकी भण्डारी प्रतिनिधिसभा चुनावपछि फागुनमा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

https://ujyaalonepalnews.com/archives/24028

Previous articleश्रीमती मारेर मलेशिया गएका विनोद नेपाल आउने बित्तिकै समातिए
Next articleनेपाली सहितका विदेशी कामदारलाई किन गर्यो कतारले देश निकाला ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।