चितवन, भदौ ९ । राप्ती नगरपालिको भण्डारामा रेवा इन्टरनेशनल एकेडेमीको अर्को शाखा सञ्चालनमा आएको छ । विगत ६ वर्षदेखी पूर्वी चितवनको पर्सामा मुख्य कार्यालय रही संचालनमा रहेको एकेडेमीको तेस्रो शाखा भण्डारामा बिस्तार गरिएको हो । एकेडेमीको दोस्रो शाखा भने मकवानपुरको मनहरी बजारमा रहेको छ ।


एकेडेमीको बिहीवार एक कार्यक्रमका बिच प्रमुख अतिथि राप्ती नगरपालिकाका निवर्तमान उपमेयर इमानसिंह लामाले उद्धघाटन गरेकाछन् । उच्च शिक्षा अध्ययनका लागि जापान, रसिया लगायतका देशहरु जाने विद्यार्थीहरुको सहजताका लागि आफ्नै क्षेत्र राप्तीको भण्डारामा एकेडेमीको सेवा सञ्चालनमा ल्याएको सञ्चालक गोकर्ण अर्यालले जानकारी दिए । अहिलेसम्म आफ्नो कन्सल्टेन्सीले ४०० भन्दा धेरै विद्यार्थी जापान र रसिया लगायतका देश गइसकेको उनले बताए ।

कार्यक्रममा मन्तव्य राख्दै संचालक अर्यालले एकेडेमीबाट वैदेशिक अध्ययनको लागी जाने विद्यार्थीहरु बाट प्राप्त मुनाफा बाट निश्चित प्रतिशत रकम जम्मा गरेर सामाजिक कार्यमा खर्च गर्दै आएको जानकारी दिए । आम्दानीको ३० प्रतिशत रकम रेवा फाउन्डेसनमा जम्मा गरेर विभिन्न सामाजिक संघसंस्थासंगको सहकार्यमा सामाजिक काममा सहभागी हुँदै आएको उनको भनाई छ ।

कार्यक्रममा राप्ती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सिताराम बल, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार कंडेल, महासचिव परशुराम पाठक, राप्ती जेसिजकी अध्यक्ष विन्दु सिञ्जाली लगाएतले मन्तव्य राखेका थिए ।
https://ujyaalonepalnews.com/archives/24041


