निराजन घिमिरे, भाद्र १३- रत्ननगरका १०५ वर्षिय मानबहादुर थापा सम्मानित भएका छन् । थापालाई ‘लामिछाने थापा क्षेत्री समाज’ले बन्धु विकास र एकता प्रयासमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो । यहि भाद्र १२ गते आईतबार रत्ननगर १६ हात्तीगाड़ेमा रहेको १०५ वर्षिय थापाकै निवासमा आयोजित एक कार्यक्रममा समाजका प्रदेश समिति सदस्य रामचन्द्र थापाले उनलाई सम्मानित गरेका हुन् ।
कार्यक्रममा बोल्दै थापाका नाति एवम् वडाध्यक्ष हेमराज थापाले वृद्धवृद्धाको सम्मान गर्नु अति नै राम्रो काम भएको उल्लेख गर्दै ‘लामिछाने थापा क्षेत्री समाज’ लाई धन्यवाद ज्ञापन गरे । अहिलेको पुस्ताले अग्रजहरुको सम्मान गरेमात्र नयाँ पुस्ताहरुले पनि यस्ताकुरा सिक्दै जाने उनको भनाई छ । सम्मानित मानबहादुर वडाध्यक्ष हेमराज थापाका हजुरबुबा हुन् ।
बि. सं १९७४ सालमा चितवनको पहाडी गाउँ काउलेमा जन्मिएका थापाले अङ्ग्रेजहरुको तर्फबाट द्दितिय विश्व यु’द्द समेत लडेका थिए । उनी दोस्रो विश्वयुद्धका थोरैमात्र जीवित साक्षीमध्येका एक हुन् । युद्धमा ब्रिटिस सेनाले जर्मनीलाई प रास्त गरेपछि उनी रिलिजमा घर फर्किएका हुन् । ‘आवश्यक परेका बेला लडाइँमा जाने शर्तबमोजिम रिलिजमा घर फर्किएका मानबहादुर त्यसपछि पल्टनमा फ़र्किएनन् ।
पल्टन बाट आफ्नो थातथलो चितवनको काउले फर्किएका मानबहादुर २०१८ सालमा पिठुवा झरेका हुन् । खेतीकिसानीमै रमाउने थापाको २०÷२५ वटा गाईवस्तु पाल्नु खान्दानी परम्परा नै हो । त्यही परम्परालाई निरन्तरता दिँदै अहिले पनि उनका नाति/नातिनी बुहारी युवराज/जमुनाले गंगाजमुना गाई फार्म खोलेका छन् भने पनातीले यतिबेला बाख्रा फर्म खोल्ने तरखर गर्दै छन् ! उनका ६ छोरा छन् । उनी माइला छोरासँग बस्छन् । एउटा नाति हेमराज थापा रत्ननगर १६ का वडाध्यक्ष हुन् । उनका छोराहरु, १० नाति विभिन्न पेसा व्यवसायमा आवद्ध छन् । उनी भद्रकाली माविका संस्थापक अध्यक्ष हुन् ।
https://ujyaalonepalnews.com/archives/24095


