केन्याविरुद्धको टी-ट्वान्टी सिरिज नेपाललाई

घरेलु टोली केन्याविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो ।

नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो । केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । इरफान करिमले २८ रन जोड्दा कोलिन्स ओबुयाले २३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र वसिर अहमदले दुई/दुई विकेट लिए । त्यस्तै करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए । केन्याका शेम एन्गोचे, भिराज पटेल र नेहेम्याह ओधियाम्बोले दुई/दुई विकेट लिए । लुकास ओलुओचले एक विकेट लिए । अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

https://ujyaalonepalnews.com/archives/24100

Previous articleबालेनविरुद्ध सर्वोच्चमा अदालतको अवलहेलना मुद्दा
Next articleरेडियो अर्पणको तिज उत्सवमा माधवपुरको राममन्दिर दिदीबहिनी समुह प्रथम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।