अपेन किड्स गट ट्यालेन्ट सिजन २ आयोजना हुँदै

काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) ले अपेन किड्स गट ट्यालेन्ट सिजन २ आयोजना गर्ने भएको छ। २०७६ सालमा आयोजित पहिलो अपेन किड्स गट ट्यालेन्टको निरन्तरता स्वरूप कार्यक्रम आयोजना गर्न लागिएको हो। प्रि स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम आयोजना गर्न लागिएको अपेनले जनाएको छ।

अपेन केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न हुने कार्यक्रम आगामी भदौ २५ गतेका लागि तय गरिएको छ। डिएभि स्कुलको सभाहल जावलाखेलमा सम्पन्न हुने कार्यक्रममा ३७ विद्यालयका ६०० बालबालिकाको सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापको प्रस्तुति रहनेछ। त्यस्तै करिब १२०० अभिभावकको प्रत्यक्ष सहभागिता रहने बताइएको छ।

इकलम अनलाइनसँग कुरा गर्दै अपेनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष कृष्ण कुमार बोहराले अपेनले समस्त बालबालिका, प्राचार्य, तथा शिक्षक कर्मचारीको शैक्षिक, सामाजिक क्षमता अभिवृद्धिको लागि कार्य गर्ने गरेको बताए । यो कार्यक्रमले कोभिडको कारण अतिरिक्त क्रियाकलापमा भाग लिन नपाएका नानीबाबुहरूलाई क्षमता अभिवृद्धिका लागि प्रशस्त सम्भावनाका ढोकाहरू खोल्ने उनको विश्वास थियो।

अपेनले सबै सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्रले सम्मान गर्ने छ। निम्न विद्यालयहरूले यो कार्यक्रममा सहभागिता जनाउने भएका छन्।

https://ujyaalonepalnews.com/archives/24116

Previous articleकोरियामा एउटै रूममा बस्ने नेपालीबाटै नेपालीको ह’त्या
Next articleमलेसियाका नाइट क्लबमा नाच्ने नेपाली युवतीको कथा: आफ्नो कला बेचेको छु, शरिर बेचेको छैन।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।