ठेकेदारको गम्भिर लापरबाहीले मर्यो गैंडा; कडा कारबाहीको माग ( भिडियो )

0
47

तिलकराम रिमाल- चितवन, ९ माघ । नालीको खोँचमा परेर गैंडा मरेको घटनालाई निकुञ्जले ठेकेदारको लापरवाही भनेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले ठेकेदारको लापरवाही देखिएको बताउनु भएको हो । उहाँले सबै प्रक्रिया पूरा गरेर कानुनी प्रक्रिया अगाडि बढाउने बताउनुभयो । तिवारीले भन्नुभयो “घटनास्थलको मुचुल्का बनाएका छौं, मृत गैंडाको खाग खुर कार्यालयमा लैजान्छौं, त्यसपछि बाँकी कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।”

ठेकेदार कम्पनीको लापरवाही देखिएन ? भन्ने प्रश्नमा उहाँले अगाडि भन्नुभयो “लापरवाही देखियो नि । वन्यजन्तु ओहोर दोहोर गर्ने क्षेत्र हो । यस्तो क्षेत्रमा निर्माण कार्य गर्दा वन्यजन्तु मैत्री हुनु पर्छ । कुनै पनि घटना नहुने किसिमबाट निर्माण कार्य गर्नुपर्छ ।” खाल्टो खनिसकेपछि समयमै पुर्नु पर्ने बताउँदै तिवारीले भन्नुभयो “यस्तो क्षेत्रमा काम गर्दा पूर्व तयारी गरेर कुनै घटना नहुने गरी गर्नुपर्ने हुन्छ । सबैले हेर्दा खेरी लापरवाही गरेको देखिन्छ ।” उहाँले नियमानुसार कानुनी प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निर्माण कम्पनीलाई बोलाएर किन यस्तो गरियो भन्ने बारे सोधपुछ गरिने बताउनुभयो । उहाँले घटना मुचुल्का हेरेर र आयोजना प्रमुखसँग सोधपुछपछि थप कानुनी प्रक्रिया अगाडि बढाउने बताउनुभयो । यस अघि पनि निकुञ्जले विभिन्न समयमा निर्माण कार्य भईरहेको समयमा गैंडा मरेको घटनामा दोषीलाई कारवाही गरेको थियो ।

भरतपुर महानगरपालिका वडा नं. ९ स्थित गोन्द्राङको प्रहरी बिट अगाडि सडक विस्तारको क्रममा खनिएको नाली र जमिनको बीचको खाडलमा आज एउटा दुर्लभ एक सिंगे गैंडा मरेको थियो । गोन्द्राङस्थित जंगलबाट पूर्व–पश्चिम राजमार्ग पार गर्ने क्रममा गैंडा खोँचमा परेर मरेको हो । हाल नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक ६ लेन विस्तारको कार्य भईरहेको छ । ठेकेदार कम्पनीले नाली निर्माण गरेपनि नाली निर्माण गर्ने क्रममा खनेको खाडल पुरेको छैन । नालीको दायाबाया ठूला ठूला खाडल रहेका छन् ।

चितवनका अरु पनि ताजाताजा खबरहरु थाहा पाउनको लागी ‘चितवनको खबर’ ग्रुपमा ज्वाईंन हुनुहोला ! ग्रुपमा ज्वाईंन हुनको लागी यँहा क्लिक गर्नुहोला !

https://www.ujyaalonepalnews.com/archives/17307

Previous articleप्रधानमन्त्रीको सम्बोधन: एक वर्षभित्रै तीनै तहको निर्वाचन
Next articleकतारमा अब खोप नलगाएका व्यक्तिले पनि सपिंग मलहरुमा प्रवेश गर्न पाउने