समाजबादीका चितवन जिल्ला सदस्य घिमिरे एमालेमा फर्किए

रत्ननगर । चितवनमा एकीकृत समाजबादीका जिल्ला कमिटी सदस्य कमलबहादुर घिमिरे एमालेमा फर्किएका छन् । रत्ननगर १० निवासी घिमिरे समाजबादीको वडा कमिटी इन्चार्ज समेत रहेका थिए ।

आम निर्बाचन नजिकिदै गर्दा घिमिरे एमालेमै फर्किका हुन । एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उनलाई पार्टीमा पुन स्वागत गरेका थिए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जेएन थपलिया, नेता विजय सुवेदी, जिल्ला सचिव प्रकास खनाल, जिल्ला सदस्य राजाराम रेग्मीको उपस्थिति रहेको थियो ।

घिमिरेले विहीवार नै एमालेमा पार्टी सदस्यता नविकरण गरेका छन् । समाजबादीमा विचलन देखियो उनले भने त्यहा बस्न मन नलागेर पुरानै घर फर्किए । घिमिरेको वडाबाट स्थानीय तहको निर्वाचन अघि समाजबादीबाट चन्द्रकान्त ओझा लगायत जिम्मेवार पदमा भएका नेताहरु एमालेमा फर्किएका थिए ।

घिमिरेले वडामा रहेका अन्य समाजबादीका नेता तथा कार्यकर्ताहरु पनि एमालेमा फर्किने विश्वास व्यक्त गरे । आम निर्वाचन नजिकिएसंगै समाजबादीबाट नेता तथा कार्यकर्ताहरु एमालेमा फर्किन थालेका छन् ।

https://ujyaalonepalnews.com/archives/24126

Previous articleघरको ६ तलाबाट खस्दा दुई बालबालिकाको ज्यान गयो
Next articleएस क्यू सी चितवन हबको सातौं हब कन्भेन्सन सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।